काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । उनले अष्टमीको दिन समेत शक्ति पीठहरुको दर्शन समेत नगर्ने शाहका स्वकीय सचिव फणि पाठकले अनलाइनपानालाई जानकारी दिएका छन्।
लामो समय देखि धार्मिक भ्रमण र तीर्थस्थलको समेत यात्रा नगरेका शाहले कोरोनाका कारण यस्तो निर्णय लिएको पाठक बताउछन्। विगतका वर्षहरुमा भने पूर्व राजाले विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने गरेका थिए। साथै उनले आफ्ना सुभेछुक र सर्वसाधारणलाई समेत निवासमै टीका लगाइदिने गरेका थिए । यस अघि पुर्व राजाले कुमारी जात्राको अन्तिम दिन जीवित कुमारीको हात बाट टिका तथा प्रसाद ग्रहण गरि दर्शन गरेका थिए।