दाङ- चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए । घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।
डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए । घटनास्थलतर्फ प्रहरी पठाइएको र चाररपाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए । त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।