×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि

कोरोना अपडेट थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि


काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट ८४ हजार २९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् । 
यही अवधिमा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ बाट थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्