×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुन-कुन शहरमा के-के बन्द हुने र कहिले सम्म बन्द हुने ?

कुन-कुन शहरमा के-के बन्द हुने र कहिले सम्म बन्द हुने ?

कोरोना महामारीको पहिलो चपेटामा परेका संस्थानहरु दोस्रो मारमा छन् । लामो लकडाउन झेलेको अर्थतन्त्र चलायमान हुन थालेको अवस्थामा आज बिहान बसेको मत्रिपरिषद् बैठकले महामारीको दोस्रो लहरबाट जोगिन भन्दै शहरहरुमा सञ्चालित संस्था बैशाख मसान्तसम्म बन्द गर्न भनेको हो ।

 

पहिलो लहरबाट बढि मारमा परेका शिक्षण संस्था,सिनेमा हल,पार्टी प्यालेस,हेल्थ क्लब,जिमखाना, स्विमिङ पुल,सभा समारोह, हाटबजार,दर्शकसहितको रंगशाला,जुलुस प्रदर्शनलगायत अत्याधिक भीडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ ।

 

बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरपालिका लगायतका शहरहरुलाई उच्च जोखिमको क्षेत्रमा राख्दै महामारीबाट बच्ने सुरक्षा सतर्कता अपनाउनसमेत आग्रह गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्