×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं - माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

प्रतिकृया दिनुहोस्