×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति

भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो ।

असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।

मन्त्रालयका अनुसार हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ । अहिलेसम्म २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत)ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत)ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकोे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्