×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि बढ्यो पेट्राेलियम पदार्थको भाउ, कुनको कति हेर्नुहोस ।

फेरि बढ्यो पेट्राेलियम पदार्थको भाउ, कुनको कति हेर्नुहोस  ।

काठमाडौं -  नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं  उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’

यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १०९५ डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्