काठमाडौँ । कांग्रेस सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक अगाडि एमसीसीबारे पार्टीभित्र आन्तरिक छलफल गरेकाे छ ।
प्रधान मन्त्री सचिवालयका अनुसार देउवाले पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेका हुन् । मन्त्रिपरिषद्को बैठक सकिएलगतै देउवाले पार्टीका उपसभापति, महामन्त्री लगाएतका नेताहरूसँग छलफल थालेका हुन् । केही बेरमा गठबन्धनको निर्णायक वार्ता हुँदैछ । प्रधानमन्त्री देउवाले शुक्रवार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी गरेका छन् ।
तर सरकारमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसीसी परिमार्जन नगरेर संसदमा पेश गर्न नहुने अडान राखेका छन् । एमसीसीमाथि गठबन्धनमा सहमति नजुटेपछि आज निर्णायक वार्ता हुँदै