काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले सरकारमा जानु अनिवार्य रहेको बताएका छन् राप्रपाले सरकारमा जाने निर्णय गरेसँगै उनले शुभेच्छुकहरू तथा ठूलो पङ्क्तिको असहमति भएता पनि ढिला चाँडो सरकारमा जानै पर्ने बताए । साथै, लिङ्ग्देनले सरकारमा खरो रूपमा प्रस्तुत हुने बताए ।
उनी भन्छन्,
आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो।
प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु !
धैर्यता र सहयोगका लागि अपिल गर्दछु !
।