×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेठबाट नयाँ शैक्षिक सत्र, परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

जेठबाट नयाँ शैक्षिक सत्र, परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

काठमाडौँ- सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु गरिने भएको हो । 

मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । ‘भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापनसहितका आवश्यक तयारी थालिसकिएको छ ।’

जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ । कोरोना सङ्क्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको थियो । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनका अनुसार परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमै हुने छ । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस चाहिँ नगर्न भनेका छौँ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्