×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आजदेखि सुरु हुदै बिस्काः जात्रा

आजदेखि सुरु हुदै बिस्काः  जात्रा

काठमाडौं । भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबार (आज)देखि सुरु भएको छ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुने छ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।

लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ ।

यता, थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने हुनुभएको छ । उहाँको आठौँ पटक जिब्रो छेडाउदैँ हुनुहुन्छ । यो जात्रा वैशाख २ गते पर्छ ।

प्रतिकृया दिनुहोस्