काठमाडौं - नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालको अध्यक्षमा क्षितिज थेबे आफ्नो सम्पूर्ण प्यानलसहित निर्वाचित भएका छन्। संघको राजधानीमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट थेबे विजयी भएका हुन्।
भर्खरै सार्वजनिक मतपरिणाम अनुसार, अध्यक्षका उम्मेदवार थेबेले ७९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गरे। थेबेले पुरीलाई १८८ मतान्तरले पराजित गरेका हुन्।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।