×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गठबन्धनको निर्णय,सपथ भोली

डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गठबन्धनको निर्णय,सपथ भोली

काठमाडौं - सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। यसअघि सहरी विकास मन्त्री भइसकेका खड्का नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । 

२०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधी (पिएचडी) गरेका थिए । खड्काले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेदारी सम्हालिसकेका छन् । उनी उदयपुर १  उदयपुर क्षेत्र नम्वर १ लगातार निर्वाचित हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्