×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

बालबालिकाका लागि भर्चुअल नाटक महोत्सव हुँदै

बालबालिकाका लागि भर्चुअल नाटक महोत्सव हुँदै

स्वस्ति श्री गुरुकुल स्कुलले भर्चुअल रूपमा नाटक महोत्सव गराउने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय एकल नाटक महोत्सव भर्चुअल रूपमा गराउन लागिएको आयोजकले जानकारी दिएका छन् ।

कोभिडका कारण बालबालिकालाई थिएटरमै जम्मा गरेर नाटक मञ्चन गराउन सक्ने अवस्था नभएपछि भर्चुअल रूपमा गर्न लागिएको हो ।

नाटक महोत्सवमा भाग लिने बालबालिकाले सम्पादन नगरिएको, एक सटमा लिएको ३ देखि ५ मिनेटको नाटकको भिडियो खिचेर पठाउनुपर्नेछ । महोत्सवमा देशभरिका ६ देखि १५ वर्षका बालबालिकाहरूले आफूलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन् ।

यस नाटकमा भाग लिनका लागि भदौ १६ गते सम्ममा भिडियो पठाउनुपर्नेछ ।

आयोजकका अनुसार मेलमा प्राप्त नाटकमध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्