×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज भोटो देखाउने जात्रा, शनिबार पनि सरकारले दियो सार्वजनिक विदा

आज भोटो देखाउने जात्रा, शनिबार पनि सरकारले दियो सार्वजनिक विदा

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

प्रतिकृया दिनुहोस्