×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रोनाल्डोलाई नेपाल ल्याउछु भन्ने राजदूत नेपालले पोर्चुगल नपुगी भए फिर्ता

रोनाल्डोलाई नेपाल ल्याउछु भन्ने राजदूत नेपालले पोर्चुगल नपुगी भए फिर्ता

काठमाडौं - सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  फिर्ता बोलाइएका धेरैजसो राजदूतहरू राजनीतिक कोटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजदूत भई जानेहरू छन् ।

यसैक्रममा तत्कालीन २०८० माघ २६ गते पोर्चुगलका लागि शनिल नेपाल र क्यानाडाका लागि भरतराज पौडेललाई राजदूतमा नियुक्त गर्‍यो ।
क्यानाडाका लागि राजदूत बनेका पौडेलले अहिले उक्त जिम्मेवारी सम्हालिरहेका छन् । उनले राजदूतमा नियुक्त भएलगत्तै क्यानाडा पुगेर काम थाले ।


उनले ओटावामा आयोजित कार्यक्रममा गत वैशाख २० गते त्यहाँस्थित गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र पनि बुझाइसकेका छन् ।

पौड्यालले त्यसक्रममा सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि सुनाए। तर उनै पौडेलसँग एकैदिन नेपाली राजदूतमा नियुक्त शनिल नेपालले एक पटक पनि पोर्चुगल टेकेनन् ।

पोर्चुगलमा दूतावास खोल्ने गरी पहिलो आवासीय राजदूतको जिम्मेवारी पाएका उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरिसकेको छ । पोर्चुगलका लागि राजदूतमा सिफारिस भएपछि गत मंसिरमा २२ मा भएको सुनुवाइका क्रममा नेपालले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।

संसदीय सुनुवाइका क्रममा सांसदहरूको जिज्ञासामा उनले रोनाल्डोलाई नेपाल ल्याएर सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तनबारे सन्देश दिने गरी फुटबल खेलाउने बताएका थिए ।

‘रोनाल्डोलाई भित्र्याउन चाहेको छु, मनमा योजना छ । सगरमाथाको बेसक्याम्पमा लगेर जलवायु परिवर्तनमा काम गर्ने योजना छ,’ उनले त्यसबेला भनेका थिए ।

प्रतिकृया दिनुहोस्