×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

२५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग बिहे गरेको खुलासा ,वृद्धको अनौठो प्रेमकहानी

२५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग बिहे गरेको खुलासा ,वृद्धको अनौठो प्रेमकहानी

विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ । ४५ वर्ष अन्तरमा रहेका उनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै रोचक छ । एक वर्षको छोरो समेत जन्माइसकेका उनीहरुले ४ वर्षको प्रेम सम्बन्धपछि हालै विवाह गरेका हुन् ।

२४ वर्षीया स्टेफनी र ६९ वर्षीय डन वाल्परले आफ्नो रोचक सम्बन्धबारे बारक्रफ्ट टिभीसँग हालै एक अन्तरवार्तामा खुलेर चर्चा गरेका छन् । डन यसअघि नै विवाहित थिए । अघिल्लो विवाह टुटेपछि स्टेफनीसँग अर्को विवाह गरेका हुन् । उनले अन्तरवार्तामै आफ्नो अघिल्लो विवाह र सम्बन्धबारे खुलेर बोलेका छन् ।

‘मैले डनको छोरालाई स्कुलको बेलादेखि नै चिनिसकेको थिएँ । हामी सँगै पढ्न गएका थियौँ । पूरा स्कुले जीवन हामीले सँगै बितायौँ ।’ रोचक त के भने डनको पहिलेकी श्रीमतीतर्फका छोरासँग स्टेफनीले ग्राजुएटसम्म सँगै पढेकी थिइन् । उनले आफूहरुको सम्बन्ध बलियो रहेको पनि खुलासा गरेकी छन् ।

अचेल डन र स्टेफनी डनका छोराको बारेमा कुरा गर्दैनन् । एक वर्षअघि मात्रै उनीहरुले छोरा जन्माए । उनको नाम हो लाचलाह । लाचलाह जन्मिएपछि मात्रै उनीहरुले विवाह थरेका हुन् ।

‘अधिकांश मानिसलाई थाहा छैन कि, उमेरान्तरका विवाह पनि परिपक्व हुन सक्छन् भनेर,’ स्टेफनी भन्छिन् । उनी यसरी उमेर भिन्नताबीच पनि सम्बन्ध बलियो हुनसक्नेमा विश्वास गर्छिन् । र प्रेम स्वभाविक हुनसक्ने बताउँछिन् ।

४ वर्षभन्दा अघिदेखि उनीहरुको चिनजान भएको हो । जतिबेला डनको पबमा स्टेफनीले काम गर्थिन् । र छोटो समयमै उनीहरुको सम्बन्ध विस्तार भएको हो । डन भन्छन्, ‘पक्कै पनि मेरो बिचारमा यस्ता सम्बन्धमा यौन समस्या हुनसक्छन् । तर म सधैँ युवापन भएको महसुश गर्छु । म आफ्नो उमेरलाई लिएर हिनतावोध गर्दिन । म सधैँ बाहिर गएर युवाहरुको भीडमा रमाइलो गर्न रुचाउँछु ।’

स्टेफनी थप्छिन्, ‘रातको २ बजे, बिहान ५ बजे, मधह्न, रातको खानाअघि, खानापछि, खाना खाँदा खाँदै, रुफटपमा, बालकोनीमा, भुइँमै । जहाँसुकै...’ अचेल उनीहरु आफ्नो छोराबारे केन्द्रित हुँदैछन् । तर भविष्यप्रति चिन्तित छैनन् ।

डन आफ्नो उमेरबारे पनि चिन्तित छैनन् । छोराको हेरचाह स्टेफनीले गर्नेछिन् भन्ठान्छन् । वृेद्धावस्थामा उनी आफ्नै पत्नीले हेरचाह गर्ने सोच्छन् । यसरी उनीहरुको सम्बन्ध रोचक र अनौठो छ । स्टेफनी पनि आफूहरुको वैवाहिक सम्बन्धमा रमाइरहेकी छन् ।

(एजेन्सीबाट)

प्रतिकृया दिनुहोस्