अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरूलाई सरकारिले पोलियो खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबै नेपालीलाई पोलियो खोप दिने निर्णय भएको जनाएका छन् ।
‘अफगानिस्तानबाट फर्कनुभएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्‚ ‘अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ ।’
अफगानिस्तानबाट ५ सयभन्दा बढी नेपाली फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनअन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसमा अफगानिस्तानबाट फर्किएकाहरूलाई पोलियो खोप दिने निर्णय गरेको हो ।