×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यू-१६ कपका लागि नेपाली टोलीको घोषणा, विपिनलाई कप्तानीको जिम्मेवारी

यू-१६ कपका लागि नेपाली टोलीको घोषणा, विपिनलाई कप्तानीको जिम्मेवारी

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। बिहीबार घोषणा गरिएको १४ सदस्यीय टोलीको कप्तानीको जिम्मेवारी स्पिनर विपिनप्रसाद शर्माले पाएका छन्।

टोलीको उपकप्तानमा सूर्यान्शु कोइरालालाई चयन गरिएको छ। क्यानका अनुसार टोलीका अन्य सदस्यहरूमा प्रसिद्ध जैसी, जोय थापा, रोशन शाही, शिवांश बजगाईं, परिमर्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल र सुभम खनाल रहेका छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) द्वारा आयोजित यो प्रतिष्ठित प्रतियोगिता जुन २० देखि जुलाई ६ सम्म मलेसियामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्