बिश्रवबन्धु भण्डारी । बेलाबेला फुट्दै र जुट्दै आएकाे नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन आउँदो पाैष ११ देखि १३ गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । तीन दशकदेखि पार्टीकाे नेतृत्व गरेका पुष्पकमल दाहाल "प्रचण्ड" को विकल्प आगामी सम्मेलनमा पनि नदेखिने लगभग निश्चित जस्तै छ । माओवादी केन्द्रका काेहिपनि नेताहरूले प्रचण्डलाइ हटाएर नेतृत्व गर्न आँटै गर्न नसकेकाेले पार्टीकाे नेतृत्वका लागि प्रचण्ड सर्वेसर्वा देखिएका छन् ।
माओवादी केन्द्रमा रहेका बर्तमान नेताहरूले प्रचण्डलाइ सर्वेसर्वा मानेपनि जनयुद्द सुरू गर्दाका उनका धेरै सहयात्रीहरू भने उनलाइ छाेडेर लाखापाखा लागेका छन् । तत्कालिन नेकपा माओवादीका महामन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”काे नेतृत्वमा जनयुद्ध सुरु गर्दा १९ जना नेताहरु केन्द्रिय समितीमा थिए । जसमध्ये जम्मा ६ जना मात्रै प्रचण्डको वर्तमान पार्टी नेकपा माओवादी केन्द्रमा छन् । अन्य नेताहरु भने बिभीन्न भागमा चोईटिएर बिभाजित भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसगँ तत्कालिन नेकपा माओवादीका केन्द्रिय सदस्यहरुमा सातौ तहका देव गुरुङ ‘कान्छाबहादुर’ ’ नवौँ तहका हरिबोल गजुरेल ‘शीतलकुमार’ एघारौँ तहका अग्निप्रसाद सापकोटा ‘कञ्चन” तेह्रौँ तहका पम्फा भुसाल ‘विद्युत्’ चौधौँ तहका मातृका यादव र अठारौ तहका नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ मात्रै साथमा छन् ।
गुरुङ माओवादी केन्द्रका स्थायी समिती सदस्य सहित लमजुङवाट प्रतिनिधीसभा सदस्य भएका छन् । गजुरेल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । सापकोटा प्रतिनिधी सभामा सभामुख भएका छन् । भुसाल यादव र शर्मा पनि माओवादी केन्द्रकै स्थायी कमिटी सदस्य छन्
यता प्रचण्डपछि दोस्रो तहका नेता मोहन बैद्य “किरण” प्रचण्डसगँ वैचारिक असहमती जनाउदै आफै पार्टी खोलेर महासचिव बनेका छन् । नेकपा माओवादी (क्रान्तिकारी) गठन गरेका बैद्यसगँ तत्कालिन माओवादीका पोलिटव्युरो सदस्य सिपी गजुरेल ‘गौरव’, तत्कालिन केन्द्रीय सदस्यहरु हरिभक्त कँडेल ‘प्रतीक’र दिनेश शर्मा ‘सागर साथमा छन् । गजुरेल बैद्य नेतृत्वकाे क्रान्तिकारी माओवादीका मध्य ब्यूरो इन्चार्ज छन् भने कँडेल क्रान्तिकारी माओवादीकै प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज छन् । उनि काठमाडाैमा बसेर कलेज पढ्दा प्रचण्डका रूम पाटनर थिए । दिनेश शर्मा भने बैद्य नेतृत्वकाे क्रान्तिकारी माओवादीका नेता भएका छन् ।
जनयुद्धका बेला खुवै चर्चित नेता बाबुराम भट्रराई पनि अहिले प्रचण्डको साथमा छैनन् । जनयुद्ध सुरु गर्दा तेस्रो तहका नेता रहेका भट्रराई संविधान निर्माण गर्दासम्म प्रचण्डसगै एउटै पार्टीमा थिए,तर संविधानमा असहमती जनाउदै तत्कालिन एकिकृत माओवादीसगँ चाेईटिएर गएका भट्रराइले आफ्नै नेतृत्वमा नयाँ शत्ती नेपाल पार्टी गठन गरे । त्यसवाट पनि पार लाउन नसकेपछि उनि उपेन्द्र यादवको नेतृत्वको संघिय समाजवादी पाटीसगँ एकिकरण गरी जनता समाजवादी पार्टीमा दाेस्रो बरियताका अध्यक्ष भएर बसेका छन् ।
जनयुद्ध सुरु गर्दा चौथो तहमा रहेका नेता रामवहादुर थापा “वादल” हाल केपी ओली नेतृत्वकाे नेकपा एमालेकाे पाचाैँ बरियताका उपाध्यक्ष भएका छन् । केहि बर्ष अगाडी नेकपा एमाले र माओवादी केन्द्रकाे एकता गरि बनेकाे नेकपा पार्टीमा सचिवालय सदस्य, रहेका बादल राष्टि्य सभा सदस्य हुदै केपी सरकारकाे गृहमन्त्री पनि बने । अदालतले नेकपालाइ पुरानै स्थितीमा फर्काएपछि माओवादी केन्द्रतिर नफर्की केपी ओलीतिरै रहेका बादलले एमालेकाे दशाैँ महाधिबेशनवाट उपाध्यक्षकाे जिम्मेवारी पाए । आठौ तहका टोपबहादुर रायमाझी ‘अनिल, अहिले नेकपा एमालेकाे तेह्राैँ तहका सचिव भएका छन् । उनिपनि वादलसगैँ एमाले प्रबेश गरेका थिए ।
तत्कालिन केन्द्रिय सदस्यहरु पोष्टबहादुर वोगटी “दिवाकर” यानप्रसाद गौतम “आलोक” र दण्डपानी न्यौपाने “दिेपेन्द्र शर्मा”को भने निधन भईसकेको छ । वोगटीको एकिकृत माओवादीको महासचिव रहेका वेला हृदयघातका कारण २०७१ साल भदाै ३ गते निधन भएको थियो भने आलोकलाई जनयुद्धकै समयमा पार्टी हेडक्वार्टरमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोर रहेको, आर्थिक अराजकता रहेको र नोकरशाही कार्यशैली अंगीकार गरेको’ आरोपमा पार्टीले आन्तरिक कारबाही गरेको थियो । पार्टीको आन्तरिक कारबाहीमा रहेकै समयमा ०५९ मा रोल्पाको उवामा तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा मारिएको माओवादीले बताउँदै आएको छ । अर्का नेता न्यौपाने भने ५३ वर्षका हुँदा ७ जेठ ०५६ मा काठमाडौंको कलंकीबाट प्रहरीको गिरफ्तारीमा परे । उनी हालसम्म राज्यपक्षबाट बेपत्ता छन् । बेपत्ता पारिनेमा उनी माओवादीको पहिलो र शीर्ष नेता हुन् ।
जनयुद्ध सुरू गर्दाका अर्का सारथी तत्कालिन केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगर ‘अभ्यास’ भने पार्टीवाट राजिनामा दिएर दाङमा कृषि फार्म चलाएर बसेका छन् भने अर्का केन्द्रीय सदस्य फणीन्द्र आचार्य ‘अनिल’ तत्कालिन नेताहरू मध्ये एक यस्ता नेता हुन् जाे जनयुद्दमा सहभागी भएनन् चितवनमा पेशा व्यवसाय गरेर बसेका शर्मा माओवादी शान्ती प्रक्रियामा आएपछि फेरि पार्टीमा सक्रिय भएका थिए अचेल भनी उनि अस्वस्थताका कारण घरमै आराम गरेर बसेका छन् ।