×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादी अध्यक्ष नेपाल अस्पताल भर्ना

एकीकृत समाजवादी अध्यक्ष नेपाल अस्पताल भर्ना

 काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको  नेपालको सचिवालयले जनाएको छ ।
नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ ।  सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।’

प्रतिकृया दिनुहोस्