काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’लाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई अभद्र व्यवहार सम्बन्धी अर्को मुद्दामा अनुसन्धानका लागि भक्तपुर लगिएको छ।
यसअघि बुधबार काठमाडौं जिल्ला अदालतले उनीसँग ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। उनीसहित १९ जनालाई धरौटीमा रिहा गरिएको थियो। तर, अदालत परिसरबाट बाहिरिनासाथ उनलाई भक्तपुरमा दर्ता भएको मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।