×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँकेमा खसी खरिदमा साला-भिना झडप हुदा एकको मृत्यु, चार पक्राउ

बाँकेमा खसी खरिदमा साला-भिना झडप हुदा एकको मृत्यु, चार पक्राउ

बाँके — बाँकेको नेपालगन्जमा खसी किन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा दुई समूहबीच कुटाकुट भएको छ। यस घटनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार बिहान जाबिदले खरिद गर्न ठिक्क पारेको एउटा खसी अर्कै व्यक्तिले उठाएको विषयलाई लिएर दुई पक्षबीच भनाभन भएको थियो। विवाद बढ्दै गएपछि दुवै समूहबीच ढुंगा हानाहान भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार ढुंगा लागेर गम्भीर घाइते भएका जाबिदको उपचारका क्रममा शुक्रबार दिउँसो साढे २ बजेतिर मृत्यु भएको हो।

डीएसपी पातलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

स्थानीयका अनुसार झडपमा संलग्न व्यक्तिहरू सालो र भेना सम्बन्धका रहेका थिए। यद्यपि, मृतक बेहना सालो वा भेनामध्ये को हुन् भन्नेबारे भने प्रहरीले थप सोधपुछ गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्