×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

काठमाडौं। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो ।

९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।

यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह सामान्य परिवारबाट आएर सफलता पाएको भन्दै सामाजिक सन्जालबाट श्रध्दाञ्जली दिएका छन ।

प्रतिकृया दिनुहोस्