×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेनामा खुल्यो चार सय ६२ जनाका लागि भर्ना (सूचनासहित)

सेनामा खुल्यो चार सय ६२ जनाका लागि भर्ना (सूचनासहित)

काठमाडौं - नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबारको सूचना जारी गर्दै ४६२ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट सेनाले दरखास्त आह्वान गरेको छ । सूचनामा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि सेनाले खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित दरखास्त आह्वान गरेको छ ।

त्यसैगरी समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ । सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले दरखास्त आह्वा गरेको हो ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । त्यसका लागि नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सेनाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्