×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला

दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला

काठमाडौं- झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन्। झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कनकाई नगरपालिका(१ स्थित सडकमा मे.११ प २००३ नम्बरको मोटरसाइकल र प्र. १. ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्‍कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र–१–०१(०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाई प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक वीरेन्द्रलाई पक्राउ गरेको थियो।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्