काठमाडौं-पछिल्लो समय बलिउड फिल्म उधोगमा मर्डर मिस्ट्री विधाका चलचित्र धेरै नै बन्न र सफल हुन थालेका छन्। यस्तैमा एउटा नयाँ चलचित्र ‘हिट’को ट्रेलर पनि आज दिउसो २ बजे सार्वजानिक भएको छ।
ट्रेलरमा देखाइएका अनुशार यो चलचित्र एउटा अपहरण र हत्या संग सम्बन्धित छ। चलचित्रमा मूख्य भूमिकामा नायक राजकुमार राव र नायिका सानिया मलोत्रा देखिएका छन्। चलचित्रको निर्देशन भने डा.शैलेस कोलण्डुले गरेका छन्।
चलचित्रको उत्पादक तथा गितसंगितको पार्टनर गल्सन कुमार तथा उनको संस्था टि–सिरिज रहेको छ । चलचित्र ‘हिट’ आउने जुलाई १५ तारिकबाट प्रर्दशन हुने भएको छ।