×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बावुराम र उपेन्द्रको पार्टीमा उपद्रो

बावुराम र उपेन्द्रको पार्टीमा उपद्रो

काठमाडौं- बावुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी जसपामा मन्त्री खान नपाएकाहरुले उपद्रो मच्चाएका छन् । अध्यादेश फिर्ता नगरी मन्त्रीपरिषद विस्तार गर्न हुँदैन भनेर उपेन्द्रले बारम्बार किन अडान लिएर बसे भन्ने कुरो हिजो आज खुल्दै गएको छ । मन्त्री खान पाएकाहरु त दंग भैहाले खान नपाएकाहरुले ठूलै तयारी गरेका छन् । मन्त्रीको सपथ खान घरबाट निस्कन लाग्दा लिष्टबाट नाम हेटेपछि रन्थनिएका प्रमोद शाह देखी अन्तिम सम्म पनि उपेन्द्र यादवले मन्त्रीको ललीपप देखाएर हिस्स बनाइदिएका प्रदिप यादव सम्मले उपेन्द्रलाई देखाइदिने भन्दै तारतम्मे गरेका छन् । जसपामा के सम्म भयो भन्ने अनसिन स्टोरी त कति होला कति तर उपेन्द्र यादवको पुत्ला जलाएको त देखीसकिएकै छ । अब उनीहरुले पार्टी कार्यालयमा ताला लगाउँने नै तयारी गरको छन् । मन्त्री बन्न नपाएर निकै छट्पटीका उनीहरुले उपेन्द्र यादवलाई पार्टी कार्यालयनै छिर्न नदिने तयारी गरका छन् ।

पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले पार्टी मुख्यालय घेर्ने भएका छन् । यादव र साहको नेतृत्वमा जसपाका नेता तथा कार्यकर्ताहरुले बालकुमारीमा अवस्थित् मुख्य कार्यालय घेर्न लागेका हुन् ।

पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहनपनि भैरहेको छ । सांसद यादवको गृहजिल्ला पर्सामा त असोज २२ गतेदेखि आजसम्म अध्यक्षको विरुद्धमा दैनिक प्रदर्शन भैरहेको छ । मन्त्री चयन गर्दा यादवले आफ्नो आसेपासेलाई मात्रै नियुक्त गरेको र पार्टीमा योगदान पुर्याएकाहरुलाई धोका दिएको भन्दै केही सांसदहरु रुष्ट छन् ।

सांसद प्रदीप यादवले त अब अध्यक्ष यादवविरुद्ध निर्णायक संघर्ष सुरु हुने भनेर घोषणा समेत गरिसकेका छन् । उपेन्द्रले मन्त्री चयन गर्दा स्वयम उनका छोरा अमरेन्द्र यादवपनि खुशी छैनन् । उनले सार्वजनिक रुपमै बुवाको कार्यशैलीको आलोचना गरेका छन् । असन्तुष्ट समूहले जुनसुकै बेला पार्टी परित्याग गर्ने र माओवादी केन्द्रमा प्रवेश गर्नसक्ने संम्भाबना छ । यसको लागि सांसदद्धय यादव र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि नियमित छलफल गरिरहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्