जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने करिब निश्चित भएको छ । संसद् भवनबाट सांसद चन्दा चौधरीले भनिन्— ‘अहिले प्रधानमन्त्रीजी र हाम्रो अध्यक्ष महन्थ ठाकुरजीबीच कुराकानी भइरहेको छ । अघि चाहिँ अध्यक्षज्यूले हामीले पनि दिउँ भनेर भन्नुभएको थियो । अन्तिम कुरा भइसकेको छैन । हामीले पनि दिन सक्छौँ ।’
यस्तै अर्का सांसद उमाशंकर अरगरियाले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे छलफल भएको र लगभग त्यही अन्तिम निर्णय हुनसक्ने बताए । अरगरियाले भने— ‘प्रधानमन्त्रीजीले केही आश्वासन दिनुभएको छ । हाम्रो मागहरु पूरा गर्ने आश्वासन दिनुभएको छ । यसो हुँदा हामी पनि विश्वासको मत दिन सक्छौँ ।’
उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टीका १८ जना सांसदले भने यसअघि नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।