×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

घरेलु बक्स अफिसमा बाहुबली २ को रेकर्ड पनि तोड्न लाग्यो कबड्डी ४ ले

घरेलु बक्स अफिसमा बाहुबली २ को रेकर्ड पनि तोड्न लाग्यो कबड्डी ४ ले

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा अहिलेसम्म नेपाली फिल्मले बनाएका रेकर्ड तोडेको छ। अब यसले बलिउड फिल्म ‘बाहुबली २’ नेपाली बक्स अफिसमा बनाएको रेकर्ड पनि तोड्ने सम्भावना देखिएको छ।

दयाहाङ राई स्टार यो फिल्मले हालसम्म २२ करोड ४७ लाख ग्रस कलेक्सन गरेको छ। ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड रुपैयाँ लाइफटाइम ग्रस कलेक्सन गरेको थियो।

‘कबड्डी ४’ स्लो गतिमा अझैं राम्रै ग्रस कलेक्सन गरिरहेको छ। नेपालमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको रेकर्ड राख्न यो फिल्मले अझै ५५ लाख ग्रस कलेक्सन गर्नु पर्ने देखिन्छ।

फिल्मका निर्देशक तथा निर्माता रामबाबु गुरुङ आफ्नो फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास व्यक्त गर्छन्।

प्रतिकृया दिनुहोस्