×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारद्वारा चालकमा कतार र दुबई जान रोक

सरकारद्वारा चालकमा कतार र दुबई जान रोक

काठमाडौं - सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो ।
पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि रोक लगाइएको विभागका सूचना अधिकारी निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार सहज रुपमा सवारी चालक अनुमती पत्र प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको गुनासो आएको भुसालले बताए । उनका अनुसार सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटनासमेत बढेसँगै विभागले यस्तो निर्णय गरेको हो ।

दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि सरकारले पूर्व स्वीकृति रोक्ने निर्णय लिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । उनका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । विभागले अब उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र दुबईस्थित नेपाली दूतावासमासमेत अनुरोध गरेको आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्