×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

श्रम मन्त्रीकाे सक्रियतामा इजरायलसगँ श्रम सम्झौता, कृषिका लागि नेपाली कामदार लैजाने

श्रम मन्त्रीकाे सक्रियतामा इजरायलसगँ श्रम सम्झौता, कृषिका लागि नेपाली कामदार लैजाने

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नियुत्त भएपछि मन्त्री शेरवहादुर कुवंरको सक्रियता बढेको छ । बिभिन्न देशहरुसगँ श्रम सम्झौता गर्न सक्रियता बढाएका कुवंरले नेपाली कामदारहरुका लागी राम्रो मानिएको इजरायलमा कृषि कामका लागि श्रमिकहरु पठाउने गरि श्रम सम्झौता गरेका छन् । धेरैजसो केयर गिभरको काममा नेपाली कामदार लगेको इजरायलले थप एक हजार जना कृषि कामका लागि लैजाने गरि सम्झौता गरेको हो ।

मन्त्री कुवंर र नेपालका लागी इजरायली राजदुत खनान गोदेर बिच मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुईदेश बीचको श्रम सम्झौतामा छलफल भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएका सहयोगप्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए । मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको नीति पारित गरेको भन्दै यसमा इजरायली लगानीकर्ताको सहयोग आवश्यक रहेको बताएका थिए ।  अहिले धेरै नेपालीले इजरायल जान चाहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन मन्त्री कुँवरले राजदूत गोदेरसँग आग्रह गरेका थिए ।

इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार गतवर्ष एकहजार जना सहायक कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट एक हजार १४७ जना कामदार छनोटमा परेका थिए । उनीहरूले अहिले इजरायल जाने प्रक्रियामा छन् ।

इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।

प्रतिकृया दिनुहोस्