×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको उपमेयरमा रामेश्वरले २३ हजार ल्याउँदा बदर मत ६२ हजार

काठमाडौंको उपमेयरमा रामेश्वरले २३ हजार ल्याउँदा बदर मत ६२ हजार

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयर पदमा ६२ हजार २७० मत बदर भएको छ। काठमाडौंमा खसेको कुल मतमध्ये १ लाख २८ हजार ६ सय ९२ मत सदर भएको थियो।

निर्वाचन आयोगका अनुसार काठमाडौंमा १ लाख ९० हजार ९९२ कुल मतदान भएको थियो। जसमध्ये उपमेयर पदमा मात्र ६२ हजार २ सय ७० मत बदर भएको छ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६१२ मत प्राप्त गर्दैै विजयी भएकी छिन्। उनका प्रत्याशी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेका छन्।

श्रेष्ठले आफूले पाएको भन्दा तीन गुणा धेरै मत बदर भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

श्रेष्ठले उम्मेदवार नै नभएको कांग्रेसको चुनाव चिह्न रूख र एकीकृत समाजवादीको कलम चिह्नमा मत संकेत दिइएको मतलाई बदर नमानी आफ्नो पक्षमा गनिनुपर्ने तर्क गरेका छन्।

‘मैले निवेदन हालेको छु। कुनै भोट रुख/रुखमै हालेको छ। आधि भोट रुख र कलममा आधा भोट हालेको छ। रुखमा हालेको भोट सदर हुनुपर्छ भनेर मैले निवेदन गरेको छु,’ उनले नेपालखबरसँग भने, ‘रुखमा उम्मेदवार नभएपछि त्यो भोट सदर हुनुपर्छ भनेर मैले निवेदन हालेको हुँ। उहाँहरुले अदालततिर जानु भन्नुभयो।’

प्रतिकृया दिनुहोस्