×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

परराष्ट्रमन्त्री खड्का विरुद्ध परेको मुद्धाको पेशी कार्कीको इजलासमा

परराष्ट्रमन्त्री खड्का विरुद्ध परेको मुद्धाको पेशी कार्कीको इजलासमा

काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएको छ । मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी न्यायाधीश कार्कीको इजलासमा तोकिएको हो ।

नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ । मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथसम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्न विपक्षीको नाममा परमादेशको माग गरिएको छ । २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार ग्रहण गरेलगत्तै मन्त्री खड्का अमेरिका गएका छन् ।

प्रतिकृया दिनुहोस्