काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर पहिलो साता संघीय निर्वाचन हुने बताएका छन्।
सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले साउनको ४ या ५ गतेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको जानकारी दिए। थापाले भने ‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ। मंसिरको ४ या ५ मा चुनाव हुन्छ। बाँकी रहेको यो ७–८ दिन मतदाता नामावली संकलनमा जुट्नुस्।’
थापाले आजको केन्द्रीय समिति बैठकमा पार्टीलाई प्रभावकारी बनाउने विषयमा जमेर छलफल गर्ने बताए। ‘हामी माथि चुक्यौँ भने त्यसको प्रभाव तल पनि पर्छ । भातृ संगठनको पदाधिकारी टुंगाउनेलगायत विषयमा सभापतिसँग हिजो पनि कुरा भएको छ, आज पनि छलफल गर्छौं,’ थापाले भने ।
थापाले आजको केन्द्रीय समिति बैठकमा पार्टीलाई प्रभावकारी बनाउने विषयमा जमेर छलफल गर्ने बताए। ‘हामी माथि चुक्यौँ भने त्यसको प्रभाव तल पनि पर्छ। भातृ संगठनको पदाधिकारी टुंगाउनेलगायत विषयमा सभापतिसँग हिजो पनि कुरा भएको छ, आज पनि छलफल गर्छौं,’ थापाले भने। थापाले सरकारले राष्ट्रियसभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने पनि बताए।
उनले कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक–फरक बोल्ने छुट नहुने उल्लेख गरे। उनले हिजो मात्रै प्रधानमन्त्रीलाइ भेटेर कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक फरक बोल्ने छुट नभएको बताउदै संवैधानिक परिषद् सम्बन्धी राष्ट्रियसभामा दर्ता भएको विधेयक तुरुन्तै फिर्ता होस् भनेर दवाव दिएको बताए। थापाले भने, प्रधानमन्त्रीले त्यसलाई तत्कालै फिर्ता लिन्छु भन्नुभएको छ।’
सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएको समाचार आएपछि संविधान विपरीत भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ। विधेयकमा संवैधानिक परिषद्को गणपूरक संख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ।