×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपप्रधानमन्त्री र महावीर पुनबीचको वार्ता सकारात्मक : वार्ता टोली गठन हुने

उपप्रधानमन्त्री र महावीर पुनबीचको वार्ता सकारात्मक : वार्ता टोली गठन हुने

काठमाडौं- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।     

भेटमा पुनले राख्दै आउनुभएका माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।     

“माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भन्नुभयो, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।”

पुनले माग सम्बोधनका विषयमा छलफल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन गर्ने र भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताउनुभयो । 

 “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उहाँले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्