×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

तीन दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

जल तथा मौसम विभागले आजबाट मनसुन थप सक्रिय हुने बताएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र रहेको हुनाले मनसुन सक्रिय भएको हो ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । यी प्रदेशमा नदीनाला तथा खोलामा पानीको सतह बढ्नसक्ने भएकाले विभागले सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।

विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

प्रतिकृया दिनुहोस्