×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

काठमाडौँ- भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त भएका छन्। भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। नौ महिनासम्म रिक्त त्यस पदको जिम्मेवारी चौहानलाई दिइएको द हिन्दुले लेखेको छ। 

भारतीय सेनामा चौहानले ४० वर्ष सेवा दिएका छन्। लेफ्टिनेन्ट जनरल रहेका उनले जम्मु कश्मिरको जवाफी कारबाहीको पटक(पटक नेतृत्व गरेको अनुभव छ।

गत जुनमा भारत सरकारले सेनाको सेवासम्बन्धी नियम संशोधन गर्दै नौसेना तथा वायुसेनाका तीन तारे जनरलबाट अवकाश प्राप्त मध्येकालाई चिफ अफ डिफेन्स स्टाफ बनाउने गरेको छ। उत्तराखण्डका चौहान भारतको राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसमेत थिए।

 

प्रतिकृया दिनुहोस्