काठमाडौं - हल्ट प्राइज एट अमृत साइन्स क्याम्पस(अस्कल)को फाइनल भव्यताका साथ सम्पन्न भएको छ । फाइनल कार्यक्रम आइतबार त्रिभुवन विश्वविद्यालय त्रिवि केन्द्रिय क्याम्पसको शिक्षा संकायको हल किर्तिपुरमा भएको थियो ।
उक्त कार्यक्रममा ११ फाइनलिस्ट समुहहरुले हल्ट प्राइजको थिममा आधारित आफ्नो आईडिया पिच गरेका थिए । उक्त कार्यक्रममा टिम इको थैलीले प्लास्टिकको बिकल्पमा केराबाट झोला उत्पादन गर्ने आइडिया प्रस्तुत गरेको थियो भने टिम ट्र्यास ट्रोव कुहिने र नकुहिने फोहरलाई रिसाइकल गर्ने आइडिया पस्केका थियो। त्यस्तै खेति सिटीले ससाना किसानलाई पनि बजारीकरण गर्ने, टिम वी कलेक्टले वेस्ट म्यानेजमेन्ट आईडिया प्रस्तुत गरेका थिए ।
प्रस्तुत आईडियाहरूबाट विजेता छनौट गर्न गल्लि एप्सका को–फाउन्डर राज विक्रम महर्जन, एडुकेसकी सहसंस्थापक वेदिका मुरारका, भेरिस्कका सिनियर सिस्टम इन्जिनियर रमन प्रधानाङ्ग र फयुज मेसिनका सिनियर इन्जिनियर सन्दीप बस्नेतको निर्णायक मण्डल बनाइएको थियो ।
हरेक समुहका लागि प्रस्तुतीलाई चार मिनेट र निर्णायक मण्डलसङ्ग प्रश्न उत्तर सत्रलाई अर्को चार मिनेटको समय छुट्याइएको थियो । ११ जनाको फाइनलिष्ट मध्येबाट इको थैली टिम विजेता बनेको छ । इको थैली ले नगत पाचँ हजार, थुप्रैको गिफ्ट ह्याम्पर प्राप्त गर्यो। त्यस्तै विजेता टिम हल्ट प्राइजको अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने क्याम्पस डाइरेक्टर समीप लम्सालले जानकारी दिए । यस बाहेक दोस्रो ट्र्यास ट्रोव र तेस्रो स्थानमा वी कलेक्ट भएका छन् ।
कार्यक्रमको मुख्य प्रायोजक तथा ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस नेपाल रहेको थियो भने टेक पार्टनर लोयल कम्प्युटर बिष्णु, न्युरोड र इन्ट्रान्स पार्टनर सरल शिक्षा, बागबजार रहेको थियो। त्यस्तै प्रोग्रामिज इलर्निङ पार्टनर र थुप्रै बुक पार्टनरको रुपमा रहेका थिए। हल्ट प्राइज अमृत क्याम्पसमा पहिलो पटक आयोजना भएको हो।
विद्यार्थीका लागि नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज’ सन् २००९ बाट सुरु भएको हो।