×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा लगातार तेस्रो दिन उछाल, नेप्से २९ अंकले बढ्यो

सेयर बजारमा लगातार तेस्रो दिन उछाल, नेप्से २९ अंकले बढ्यो

काठमाडौं - सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो दिन पनि उत्साहजनक वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० विन्दुमा पुगेको छ।

यसअघि साताको पहिलो दिन आइतबार २६ अंक र सोमबार ९ अंकले बजार उकालो लागेको थियो।

मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

आज कुल २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्यमा गिरावट आएको छ। दुई समूहबाहेक अन्य सबै समूहका सूचकमा हरियाली छाएको छ।

आज लगानी समूहको सूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ। त्यस्तै, माइक्रोफाइनान्स समूह २.२२ प्रतिशत, हाइड्रोपावर १.३८ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, जीवन बीमा १.१२ प्रतिशत, बैंकिङ १.०९ प्रतिशत र निर्जीवन बीमा १.०५ प्रतिशतले बढेका छन्। यता, उत्पादन तथा प्रशोधन समूहको सूचक ०.०७ प्रतिशत र व्यापार समूहको ०.६१ प्रतिशतले घटेको छ।

मंगलबार सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा लगभग १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको मूल्य ९.८७ प्रतिशतले बढेको हो। यसैगरी, बरुण हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ।

प्रतिकृया दिनुहोस्