×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको डिल्लीबजार कारागारमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी

काठमाडौंमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३० डिल्लीबजार कारागार कार्यालयको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

आइतबार बा ७६ प ७२५२ नम्बरको स्कुटरमा रहेको सामान चोरी भएको हो। 
चोरी आरोपमा सोलुखुम्बुका ३४ वर्षीय सबिनकुमार श्रेष्ठ र काभ्रेका ३१ वर्षीय पाल्साङ दोर्जे छन्। उनीहरूले कारागारमा रहेका कैदी भेट्न आएका परिवारको स्कुटर चोरी गरेको एसपी बोहराले बताए।


उनीहरूले १२ हजार नगद, पर्ससहित एटिएम कार्ड, आइफोन, सामसङ र ओप्पो कम्पनीका मोबाइल चोरी गरेको आरोप  लागेको हो।
पक्राउ परेका दुबै जनामाथि पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।


 

प्रतिकृया दिनुहोस्