बैतडी - दार्चुलाको गोकुलेश्वरबाट बैतडीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
से १ ज ९२७ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्लामा आइतबार बिहान भएको दुर्घटनामा तीनजना घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जिपमा नौजना यात्रु सवार थिए । जिप सडकबाट करिब ३ मिटर तल खसेको छ । अनियन्त्रित भइ जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।