×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

५५५ जना कोरोनामुक्त हुँदा थप ४६९ मा संक्रमण

५५५ जना कोरोनामुक्त हुँदा थप ४६९ मा संक्रमण

काठमाडौँ- नेपालमा मंगलबार थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय २२ र ३ हजार १ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योस‍ँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार १ सय ७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार ८ सय ३२ जना निको भएका छन् । हाल नेपालमा ९ हजार १ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्