×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जसपाको राजनीतिक समितिको बैठक बस्दै

जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौ- जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।

पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका  केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।

१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्