×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

उमेर हदले नेविसंघ र तरुण दल ताकेका बिचल्लीमा !

उमेर हदले नेविसंघ र तरुण दल ताकेका बिचल्लीमा !

नेपाली कांग्रेसले दुई भ्रातृसस्थामा उमेर हद लगाएर वर्तमान कार्यसमिति विघटन गरेको छ । यी सँगै १० भ्रातृसंस्थामा म्याद गुज्रिएका कार्यसमिति मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले विघटन गर्ने निर्णय गरेको हो । समिति बैठकले तदर्थ समिति बनाउने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिँदै नेपाली विद्यार्थी संघमा ३२ वर्ष र नेपाल तरुण दलमा ४५ वर्ष उमेर हद लगाउने निर्णय गरेपछि अध्यक्ष बन्न कस्सिएकाहरूको बिचल्ली भएको छ । 

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, आदिवासी जनजाति संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल ठाकुर समाज, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि अधिवेशन नभएका ती भ्रातृ संस्थाका कार्यसमिति भंग भएपछि नयाँ कार्यसमितिमा पदाधिकारी बन्न नेता कार्यकर्ताको लाइन नेताका घर घरमा लाग्न सुरु गएको छ ।

खासगरी नेविसंघमा तदर्थ समितिको अध्यक्ष बनाउन भनेर निवर्तमान उपसभापति पुष्प शाहीलाई कांग्रेसको सुदूरपश्चिम प्रदेश अध्यक्षको उम्मेद्वारी फिर्ता लिन लगाइएको थियो ।

तर, उनी उमेर हदका कारण नेविसंघ अध्यक्ष बन्न नपाउने भएका छन् । यसले बालुवाटारमा खैलाबैला भएको स्रोत बताउँछ ।

कार्य सम्पादन समितिको यो निर्णयपछि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भ्रातृसंस्थाको पदाधिकारीहरु पनि अब जिम्मेवारीमुक्त भएका छन्।

बैठकले भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूको विधान पारित गरेको छ । नेविसंघमा अब ३२ वर्ष तलको कुन नेतालाई अध्यक्ष बनाउने भन्नेमा नेताहरूबीच बहस भइरहेको छ ।

तरुण दलको नेतृत्व दिन पनि भरपर्दो व्यक्ति नभेटिएको नेताहरू बताउँछन् । आजको अभियान टाइम्समा समाचार छ ।

प्रतिकृया दिनुहोस्