×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह

साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। तराई नजिक सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र महाकाली नदी सतर्कता तहमा छन् भने अन्य प्रमुख नदीहरू सतर्कता तहभन्दा तल छन्। सोमबार सिन्धुपाल्चोक, चितवन, मकवानपुर, दाङ, बर्दिया, डोल्पालगायत जिल्लाबाट बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको छ।

त्यस्तै झापा, काठमाडौँ, ललितपुर, तनहुँ, रुपन्देही, पर्वत, डडेल्धुरालगायत जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।
बाढी जोखिमबाट सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।


 

प्रतिकृया दिनुहोस्