बिश्वबन्धु भण्डारी । आज चैत्र २६ गते । प्रजातान्त्रीक आन्दोलनमा यस दिनकाे निकै महत्व रहेको छ । मुख्यत आजकाे दिनकाे एउटा संयाेग छ, प्रजातान्त्रीक दल नेपाली कांग्रेसको घोषणा र राजा बिरेन्द्रले बहुदलको घोषणा गरेको दिन । राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापनाका लागी राजनितीक दल बनाउनुपर्ने भन्दै बि स २००३ साल असाेज १८ गते त्यसबेला कलकत्तामा रहेका विपी कोईरालाले एक पत्रिका मार्फत गरेको आह्वान पछि कार्तिक १५ गते देवि प्र सापकोटाको नेतृत्वमा "अखिल नेपाल राष्ट्रिय कांग्रेस" को गठन भएको थियो । दलको उपसभापतिमा बालचन्द्र शर्मा,महामन्त्रीमा कृष्ण प्र भट्टराई,प्रचारमन्त्रीमा गोपाल प्र भट्टराई,र कार्यलय सचिवमा ईश्वर बराल चयन हुनुभएको थियो भने विपीको सक्रियता रहेको थियो ।
एक महिनापछि प्रजापरिषदको आन्दोलनका बेला जेलवाट भागेका गणेशमान सिहं, सि क्लासका राणा सुर्वण सम्शेर र महाबिर श्म्सेरसगँ सल्लाहा गरि माघ १२ र १३ गते कलकत्तामा अधिवेशन गरी दलको नाम "नेपाली राष्ट्रिय कांग्रेस" राखिएको थियो । त्यसबेला दलको सभापतिमा नेपालको जेलमा रहेका टंक प्र आचार्य चयन भए भने कार्यकारी सभापतिमा विपी कोईराला । यसैगरि महामन्त्री बालचन्द्र शर्मा, प्रचार प्रमुख डिल्लीरमण रेग्मी,संगठन मन्त्री कृष्ण प्र भट्टराई,सहित सदस्यहरुमा गोपाल प्र भट्टराई, देवव्रत परियार,डि एन प्रधान,ल्याक्पा छिरी शेर्पा हुनुहन्थ्यो ।
यता सुर्वण सम्सेरले विपीसगँ असहमत भएपछि २००५ साल साउन १ गते "नेपाल प्रजातन्त्र कांग्रेस" को स्थापना गरेका थिए । पहिलो सम्मेलनले महेन्द्रबिक्रम शाहलाई सभापति बनाएको थियो भने सुर्य प्र उपाध्याय महासचिव,प्रेम ब कंशाकार सहायक महासचिव,बाबुलाल मोत्तान र सुन्दरराज चालिसे सचिब र राजेश्वरी उपाध्याय कोषाध्यक्ष छानिएका थिए । विपी कोईरालाको टिम तत्काल ससस्त्र संघर्ष गर्न नहुने पक्षमा थिए भने सुर्वणको टिम सशस्त्र संघर्ष गरेर मात्रै राणा शासन ढलाउने पक्षमा थिए । पछि भारतिय नेताहरुको प्रयासमा पटनामा जयप्रकाश नारायणको घरमा विपी र सुर्य प्र उपाध्यायबिच पार्टी एकताको विषयमा वार्ता भएको थियो । बिभीन्न छलफलपछि आजकै दिन २००६ चैत्र २६ गते कलकत्तामा बृहत सम्मेलन गरी गरी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातत्त्र कांग्रेसको एकिकरण गरी दलको नाम "नेपाली कांग्रेस" घोषणा गरिएको थियो । दलको सभापतिमा नेपाली राष्ट्रिय कांग्रेसका तत्कालिन सभापति मातृका प्र कोईराला र महामन्त्रीमा नेपाल प्रजातत्त्र कांग्रेसका तत्कालिन सभापति महेन्दबिक्रम शाह चयन भएका थिए ।
आजकै दिनकाे अर्को महत्वपुर्ण घटना हो राजा विरेन्द्रले वहुदलको घोषणा गरेको दिन । आजकै दिन २०४६ साल चैत्र २६ गते पञ्चायत व्यवस्थावाट आजित भएका नेपाली कांग्रेस र तत्कालिन वाममोर्चाले गरेकोे संयुत्त आन्दोलनका कारण राजा विरेन्द्रले जनताको शासन स्विकार्दै संबैधानिक राजा बन्न तयार भएर बहुदलिय व्यवस्थाको घोषणा गरेका थिए । २ दिन अघि चैत्र २४ गते राजा विरेन्द्रलेनै गठन गरेको लोकेन्द्र ब चन्द नेतृत्वको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्न दलहरुलाई स्विकृति दिएका थिए । तर कांग्रेस र एमालेले संसदिय व्ववस्थालाईनै राम्रोसगँ प्रयोग गर्न नजान्दा देशले सम्वृदि देख्न पाएन । दलहरुको झगडाको फाइदा उठाउदै राजा ज्ञानेन्द्रले संकटकालनै लगाएर शासन हातमा लिए । जनतालाई कहिले अधिकार त कहिले सुखी र सम्वृदि दिने बहानामा राजा र दलहरुले पालैपालो जनतामाथी शासन चलाए । अचेल गणतन्त्रको नाममा उस्तै जनतालाई भेडा बनाउने शासन चल्दैछ । हामीले कहिलेसम्म यस्तो नियती भोगिरहनु पर्ने । अचेल जनताले सोधिरहेछन् बहुदललिय व्यवस्था र गणतन्त्रले हामीलाई के दियो ?