काठमाडौँ- एमसीसीबारे सत्ता गठबन्धनमा किचलो देखिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच बालकोटमा वार्ता शुरू भएको छ । केही दिनदेखि एमाले र कांग्रेस नेताहरूबीच निरन्तर संवाद जारी छ । आजको बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी छन् ।
एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीमा सहयोग गर्न आग्रह गर्दै आएका छन् ।
एमसीसी संसदमा पेस भएको छ । कांग्रेसले एमसीसी जसरी पनि पास गर्ने अडान दिएको छ । भने नेकपा माओपादी केन्द्र र एकीकृत समाजवादी संशोधन नगरी पास नगर्ने पक्षमा देखिएका छन् ।