×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सेयर बजार १३ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

सेयर बजार १३ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौँ- साताको पाँचौं दिन पनि सेयर बजार उकालोकै यात्रामा छ । तर, यस दिन बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन १३.०४ अंकले सेयर बजार परिसूचक (नेप्से) बढेर २७८२.१६ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत ४.४२ अंकले बढेर ५२०.९८ बिन्दुमा पुगेको छ । साताको आइतबारदेखि नै दोहोरो अंकले उकालो लागेको बजारमा आइतबार २७ अंकको वृद्धि भएको थियो । सोमबार र मंगलबार उछाल आएको बजारमा बुधबार सामान्य अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबार पनि बजारमा सामान्य वृद्धि भएको हो ।

बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार झण्डै साढे ६ अर्बको कारोबार भएको बजारको बिहीबार कारोबार रकम पनि झण्डै १ अर्बले कम भएको छ । यस दिन २२२ कम्पनीका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँमा कारोबार भयो । यस दिन ३ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, होटेल एन्ड टुरिजम, म्यानुफ्याक्चरिङ एन्ड प्रोडक्सन, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्डलगायत समूहका सेयर घटेका छन् ।

प्रतिकृया दिनुहोस्