×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपा लिङ्देनको नेतृत्वमा सरकारमा जाने

राप्रपा लिङ्देनको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना बलियो भएपछि राप्रपा सरकारमा जान लगभग तयार भएको हो ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ । राप्रपाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ १४ सिट जितेको छ ।

एक/दुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् । संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको विषयमा बुधबार र बिहीबार छलफल भएको थियो । दुई शीर्ष नेताबीचको छलफल सकारात्मक भएको बताइएको छ ।  

 

सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको सूची तयार गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । यहीअनुसार उनले आफ्नो पार्टीबाट मन्त्रीहरूको सूची तयार भएको जानकारीसमेत प्रचण्डलाई दिएका छन् ।

अब सत्तारुढ अन्य दलहरूको बैठक शनिबारभित्र बसेर मन्त्रीको टुंगो लगाउने र आइतबार नै सपथग्रहणको कार्यक्रम राख्ने प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।  जसअनुसार एमालेले ९, माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ४, जसपाले ३, जनमत र नाउपाले २/२ मन्त्रालय पाउने भएका छन् ।  

प्रतिकृया दिनुहोस्